मनोरञ्जन भिडियो

डिभोर्स एनिभर्सरीमा मीनाले मनोजलाई भनिन् ‘शासक’ 

डिभोर्स एनिभर्सरीमा मीनाले मनोजलाई भनिन् ‘शासक’ 

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकालले आज बुधबार डिभोर्स एनिभर्सरी मनाएकी छिन् । बानेश्वरस्थित आमाछोरी ट्रेण्ड बुटिकमा केही पत्रकारहरूको उपस्थितीमा उनले डिभोर्स एनिभर्सरी मनाएकी हुन् । 

 

ढकालले आफ्नो आत्मकथा प्रकाशित गर्न लागेको कुरा पनि उक्त समारोहमा खुलासा गरिन् । २२ वर्षको वैवाहिक जीवन र गृहिणी हुँदा आफूले सहनुपरेका दुःख कष्टलाई उनले आत्मकथामा उतारेको बताइन् । 

 

">

 

२२ वर्षको वैवाहिक सम्बन्धलाई विश्राम लगाएको दिन आफ्नो लागि स्वतन्त्रताको प्रतिक भएको उनको भनाई छ । यसका साथै उनको जीवनमा मनोज गजुरेल २२ वर्षसम्म शासकको रूपमा रहेको पनि उनको आरोप छ । डिभोर्स एनिभर्सरीमा उनले आफूले एक वर्षमा गरेका कार्य र आफूमा आएका परिवर्तनबारे पनि खुुलासा गरिन् । ढकालले अन्य कलाकारका श्रीमतीलाई डिभोर्स गरेर आफूजत्तिको चर्र्चामा आउन च्यालेन्जसमेत गरेकी छिन् । 

मनोज गजुरेल मिना ढकाल