कभर स्टोरी भिडियो

पाइलटका कुराः जहाज अलिकति हल्लिदैंमा आत्तिन पर्दैन 

पाइलटका कुराः जहाज अलिकति हल्लिदैंमा आत्तिन पर्दैन 

काठमाडौं । पाइलट बन्ने रहर अधिकांशमा हुन्छ तर पाइलट बन्न के गर्ने या के पढ्ने भन्ने ज्ञान कमैमा मात्र हुन्छ । बेलाबेलामा नेपालमा पाइलटहरू बेरोजगार हुने, अधिकांश पुराना प्लेन खरिद गरिने जसकारण पनि विमान दुर्घटना हुने व्याख्या पनि गरिन्छ । यस्तै विषयमा सौर्य एयरलाइन्सका विमान चालक जनक अधिकारीसँग नेपालआजले कुराकानी गरेको छ ।  

विमान चालक अधिकारीले जहाजबारे आम मानिसहरुमा भएका कतिपय जिज्ञासाहरु मेटाउने प्रयास गरेका छन् । उनले आफ्नो शिक्षा, करिअर र विमान चालकको जीवनबारे धेरै कुरा सेयर गरेका छन् । प्रस्तुत छ उनका कुरा उनकै शैलीमाः 

 

मैले सन् २०१० मा दक्षिण अफ्रिकामा तालिम लिएको हुँ । पाइलट बन्न पूरा गर्नुपर्ने सबै प्रक्रिया सकेर हाल सौर्य एयरलाइन्समा छुु । 
व्यवसायिक रूपमा सन् २०१० बाट क्यारियर सुरु गरेँ । अहिले ९ वर्षमा प्रवेश गरेँं । काम गरेको जति वर्ष भएपनि हरेक दिन नयाँ कुरा सिक्ने मौका पाइन्छ । 


नेपालमा कुनै समययमा पाइलट तालिम लिन पाइन्थ्यो । तर अहिले छैन । फ्लाइट स्कुुल नभएकाले सबैले बाहिरै जानुपर्ने अवस्था छ । 
पाइलट बन्ने तालिमको कुनै पनि निश्चित समयावधि हुुँदैन । तालिम गर्दा हामीले जम्मा दुई सय घण्टा उडाउनुपर्ने हुन्छ । यसको बेग्लाबेग्लै चरण हुन्छ । ती चरणहरू पार गरेर जति चाँडो हुन्छ जाँच दिने हो । त्यसकारण यसको समयावधि हुँदैन । 

 

कुन देशमा पढ्न जाने हो त्यसका आधारमा खर्च तय हुन्छ ।सामान्यतः दक्षिण अफ्रिका जाने हो भने अलि कम खर्च पर्छ । किनभने त्यहाँ ‘लिभिङ’ को खर्च कम छ । नत्र भने फ्लाइटको पैसा जता पनि उस्तै हो । सामान्यतः ४५ देखि ७५ लाख सम्म लाग्न सक्छ । 

 

नेपालको भौगोलिक बनावट र मौसमको कारण पनि जोखिम छ । विशेषगरी भौगोलिक संरचनाले गर्दा जोखिमपूर्ण भएको होला । 

 

नेपालमा एभियसन सुुरु भएदेखि साढे ५ सय देखि ५ सय पाइलट छन् । उडाइरहनु भएको लगभग तीन साढे तीन सय हुनहुुन्छ होला ।
एउटा जहाजबाट अर्को जहाजमा जाने समयमा त्यसको लागि तालिम लिनपर्छ । कुुनै एउटा जहाज आउनेवित्तिकै उडाइहाल्न पाइँदैन । होन्डा मोटरसाइकल चलाउनेले बुलेट चलाउने पाए जस्तो जहाजको हकमा हुँदैन । केही समयको लागिमात्र बाहिरबाट पाइलट ल्याइएको हो । 

 

पाइलटहरूले हरेक दिन अपडेट लिइरहनुपर्ने हुन्छ । आज नेपालमा एउटा र अमेरिकामा अर्को हुने होइन । एभियसनको कुुरा सबैतिर एउटै हो । नेपालको नियमअनुसार मैले जम्मा एउटा एयर क्रयाफ्ट उडाउन पाउँछुु । नेपालको नियमअनुुसार एउटा टाइपको एयरक्राफ्टमात्र उडाउन पाउने हुन्छु । 

एभियसनमा पटक पटक तालिम लिनुपर्ने हुन्छ । निरन्तर प्लेन उडाएर पनि वर्षमा दुुईपटक तालिममा जानैपर्छ । कम्पनीले नै खर्च गरेर हरेक देशमा तालिम लिन पठाउँछ । 

 

विमानमा धुमपान 
एभियसनको विगत हेर्दा त्यहाँ प्लेनमा उडेकोे समयमा पनि चुरोट खान पाइएको देखिन्छ । तर अहिले पाईंदैन । सामान्यतः गाडीमा यात्रा गर्दा पनि चुरोट खान नपाइने हुुन्छ । चुरोटले धेरैलाई हानी गर्ने र अन्य कुरा असर पार्छ । एकपछि अर्को समस्या ल्याउने हुँदा पनि चुरोट खान नपाइने भएको होला । 

 

विमानमा मोबाइल 
एउटा अध्ययनले के देखाएको छ भने, मोबाइलको इन्टरफेरेन्सले गर्दा सूचना आदान प्रदानमा असर पर्छ । एउटा कुरासँग अर्को कुरा जोडिएको हुुन्छ । अर्को भनेको, क्याबिन क्रुले ‘सेफ्टी ब्रिफ’ दिँदा मान्छे फोनमा बोल्न थाले भने त्यता ध्यान नदिने भए । भोलिको दिनमा सामान्यतः  कानमा लगाएको इयरफोन पनि निकाल्न लगाइनेछ । जुन अवस्थामा हुुनुुहुुन्छ त्यसमा ध्यान दिनुस् भन्नको लागि पनि त्यसो गरिएको हो । 

 

लौरो पनि लैजान नमिल्नुकोे कारण पनि त्यही हो । वृद्धाले लगेको लट्ठी अरु मानिसबाट दुरुपयोग हुने हो कि भन्ने कुराले गर्दा पनि लैजान नदिएको हो । भिआइपीले कहिलेकाहींँ आफूसँग बन्दुक लगेको सन्दर्भमा बन्दुक एकातिर र त्यसको बुुलेट अर्कोतिर रााखिन्छ । यो सबै सुरक्षाको लागि गरिएको हो ।  

 

विमानमा चरा ठोक्किदाँ जहाजलाई कसरी असर गर्छ ? 
चरा ठोक्किदैंमा दुर्घटना हुने भन्ने होइन । कत्रो चरा र कस्तो ठाउँमा ठोक्कियो भन्ने कुरा पनि भरपर्छ । चरा ठोक्किएर जहाजको ‘स्ट्रक्चरल ड्यामेज’ भयो भने हावामा उड्दा झनै बढ्दै जान्छ र अझै असर पार्छ । त्यसकारण चरा ठोक्किएको सन्दर्भमा चेकजाँच गरेर मात्र गरिन्छ । 
ककपिटमा पहिला पहिला एरोनटिकल इन्जिनियर चाहिन्थ्यो । तर अहिलेको जरुरत अनुसार ककपिटमा इन्जिनियरको खाँचो छैन । ककपिटमा क्याप्टेन र फस्र्ट अफिसर बस्नुहुन्छ । प्रविधिको विकासको कारण अहिले विस्तारै जहाजको ककपिटमा इन्जिनियर राख्ने प्रवृत्ति हटाउँदै लगेको पाइन्छ । 

 

चट्याङ पर्दा या खराब मौसममा जहाज  
हामी सकेसम्म नराम्रो मौसम छ भने छिर्दैनौं । पाइलटले जहाजको ककपिटमा रहेर मौसम मज्जाले देख्न सक्छ । मौसमको कुन कलरले कत्तिको असर पार्छ भनेर पाइलटलाई थाहा हुन्छ । कुनै बेलामा चट्याङ परहाल्यो भने पनि जहाजलाई चट्याङले असर नगर्ने गरी बनाइएको हुन्छ । मान्छेहरू जहाज हल्लिदैंमा डराउँछन् । यो होइन । 

 

प्लेनको ककपपिटमा दुुइजना पाइलट हुन्छन् । लामो फ्लाइटमा हामी एक अर्कालाई मनिटर गरिरहेका हुन्छौं । थोरै समय हुने हुँदा डोमेस्टिक फ्लाइटमा पत्रिका पढिन्छ भनिएको होला । कसैले पत्रिका बोकेको देखेर भनिएको होला । समाचार बनाउँदा जोक बनाएको होला । तर त्यस्तो हुँदैन । 

एयरपोर्ट अघि ड्रोनमात्र होइन चंगा पनि उड्न नपाउनुुपर्ने हो । जहाज टेक अफ गर्दा हरेक दिशातिर गएको हुन्छ त्यसले जहाजलाई असर नगरोस् भनेर नउडाइएको हो । 

 

जहाज ब्याक गर्न मिल्दैन । टेक अफ गर्नु अघि एउटा मेसिन जोडिन्छ र त्यो मेसिनबाट जहाजलाई ‘पुस ब्याक’ गरिन्छ । त्यसकारण जहाजलाई गाडीजस्तो ब्याक गर्न मिल्दैन । 

">

 

एयर ट्राफिक 
काठमाडौंको एयरपोर्टमा धेरै प्लेन आइरहेका हुन्छन् । नेपालमा जहाज एक ठाउँबाट मात्र आउन पाइने हुुन्छ । जसको कारण एकपछि अर्को गर्दै क्रमबद्ध रूपमा आउनुपर्ने हुन्छ । अग्ला डाँडाको कारण पनि जहाँ पायो त्यहाँबाट जहाज उडाउन मिल्दैन । भौगोलिक बनावट र नेपालको क्षमता भन्दा बढी प्लेन आउने जाने हुँदा एयर ट्राफिक हुन्छ । 

 

हामी पाइलटहरूले ‘नर्भसनेस’ लाई झेल्न तालिम लिइसकेका हुन्छौं । त्यसकारण हामी नर्भस हुने स्थिति आउँदैन । हामी नै डराउने हो भने जिम्मा कसरी लिने ? त्यही भएर नै कम्पनीले हामीलाई लाखौं खर्च गरेर तालिम लिन पठाउँछ । 

 

जहाजमा ब्रेक लगाउँदा जहाजले अगाडिबाट फ्याँकेको हावा रिभर्स गरेर कन्ट्रोल गरिन्छ त्यसकाराण रनवेमा प्लेनको ठूलो आवाज आउँछ । जहाजको मुुख्य ब्रेक खुट्टामा हुुन्छ र पार्किङ ब्रेक हातमा हुन्छ । 

 

हरेक जहाजले जहाजको प्रकार र इन्जिन अनुसार इन्धन खपत हुन्छ । सामान्य जहाजमा एक घण्टामा आठ सय देखि १२ सय लिटरसम्म इन्धन खपत हुन्छ । 

 

बच्चादेखि पाइलट नै हुन्छु भन्ने इच्छा थिएन । एसएलसी दिएपछि सपना नै यही भयो र यो क्षेत्रमा आएँ । अहिले पाइलटले बेरोजगार बस्नु पर्दैन । एयरपोर्ट एकपछि अर्काे गर्दै बढिरहेका छन् । जस्तो पोखरा, भैरहवा र निजगढ । अहिले एयरलाइन्स कम्पनीले प्लेन ल्याउँदा राख्ने ठाउँ छैन । 

 

प्लेन सेकेण्ड ह्यान्ड भन्ने नै हुँदैन । हरेक कुुराको लाइफ हुन्छ । प्लेनको कुनै ‘कम्पोनेन्टको’ समय ५००० घन्टा छ भने त्यो समयपछि त्यसलाई फेर्नैपर्ने हुन्छ । गाडी बिग्रएपछि फाल्ने कुरा प्लेनमा मिल्दैन । प्लेनमा कम्पोनेन्ट फेरिएरर नयाँ भइसकेको हुन्छ । त्यसकाण पनि ५५ वर्ष पुरानो प्लेन चलिरहेको छ भन्ने कुरा त्यहि हो । नेपालको नियमअनुसार १५ वर्ष भन्दा पुुरानो प्लेन ल्याउन पाईंदैन । प्लेन पुरानो भएर दुर्घटना हुन्छ भन्नु अर्को गलत कुरा हो ।

 

नेपालमै उडाउनेहरुले १२ देखि १५ लाखसम्म पारिश्रामिक पाइरहनु भएको छ । काम सरु गर्नेवित्तिकै न्यूनतम तलव एक लाख भन्दा माथि हुन्छ । 
मलाई आम मानिसमा एभिएसनको ज्ञान दिने योजना छ । हामीलाई स्कुलको कन्टेन्टमा कहिल्यै यसबारे पढाइएन । अहिले पनि मान्छेलाई प्लेन चढ्दा के बोकेर जानुुुपर्छ के बोक्नु हुन्न भन्ने थाहा हुँदैन । पूर्वमेचीदेखि महाकालीसम्म एभियसन लिट्रेसी भन्ने अभियान सुुरु गरेको छुु । 

 

पाइलट बन्ने प्रोसेस 
पाइलट पढ्न ‘प्लस टु’ सम्म विज्ञान पढ्नुपर्छ । यो धेरैलाई थाहा छैन । नेपालको सिभिल एभिएसनको नियम अनुुसार प्लस टु मा विज्ञान विषय अनिवार्य पढेको हुनुपर्छ । अन्य विषय हो भने पाईंदैन । प्लस टु पछि सिभिल एभिएसनको अनुुमति  लिएपछि  जहाँ गएर तालिम गर्दा पनि हुन्छ । एक वर्षको तालिम सकिएर अन्य तालिम गर्दै प्रवेश गर्ने हो । फिजिक्स र गणित पढेको हुनुपर्छ । पर्सेन्टेज यही हुनुपर्छ भन्ने छैन । धेरैजसो देशमा प्लस टु मा विज्ञान नै पढेको हुनुुुपर्छ भन्ने छैन । 

 

पाइलट पढ्न सामान्यतः ४५ लाखदेखि ६५ लाख सम्म लाग्छ । आइकेयूूको नियम अनुसार प्लस टु विज्ञानमा नगरे पनि पाइलट बन्न सकिन्छ । तर पछि आएर प्लेन उडाउने नेपालमा हो । नेपालमा उडाउनको लागि प्लस टु विज्ञानमै गरेको हुनुपर्छ । 
 

जनक अधिकारी