मुख्य समाचार प्रदेश ५

आगलागीमा परेर दाङमा तीन बालबालिकाको मृत्यु

आगलागीमा परेर दाङमा तीन बालबालिकाको मृत्यु

दाङ । बिहीबार राति आगलागी हुँदा बंगलाचुली गाउँपालिका–८ गुराँशेमा तीन बालबालिकाको मृत्यु भएको छ ।

 

नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको हो ।

 

एक वर्ष चार महिनाको छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमै सुताएर श्रीमती जीवना पुन र नवराज झारफुक गराउन गाउँमा गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए ।

 

आगोले जलेर ७ वटा बाख्रा ४ वटा गाईसमेत मरेको उनले जानकारी दिए ।

आगलागी दाङ