समाचार प्रदेश ३

८० करोड खर्च गरेर धाम निर्माण गरिने

८० करोड खर्च गरेर धाम निर्माण गरिने

चितवन । जिल्लाको भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ । 

 

 

भरतपुरको मुख्य बजार नजिक रहेको यस स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो ।

 

 

गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २.४३ हेक्टर छ भने नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यो धाम विस्तार गरिने योजना अघि बढाइएको छ । 

 

 

यस क्षेत्रका प्रदेश सांसद विजय सुवेदीले नमूना क्षेत्रका रूपमा गणेशस्थानलाई विकास गरिने बताए । निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उहाँको भनाइ थियो । प्रदेश सरकारले यस आर्थिक वर्षमा रु ८० लाख विनियोजन गरिसकेको छ ।

 

 

स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रूपमा विकास गरिने र सो कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु गरिएको सांसद सुवेदीले बताए । 

 

 

। साना–साना योजनाबाट मन्दिरको विकास गर्न नसकिने भएकाले वृहत् खालको योजना अघि सारिएको र यसका करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । 

 

 

विस्तृत अध्ययनमा सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रको २५ बिघा जमीनमा तलाउ, पार्कलगायत संरचनाहरु निर्माण हुनेछन् । 

 

 

गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार करीब ३० फिट अग्लो गणेशको मूर्ति बनाइने छ । 

चितवन धाम निर्माण