मुख्य समाचार

नेपाल सम्वत् ११३९ शुरु 

बिहिबार, २२ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

नेपाल सम्वत् ११३९ शुरु 

काठमाडौं । नेपालको मौलिक नेपाल सम्वत्को नयाँ वर्ष ११३९ बिहीबारदेखि शुरु भएको छ । सरकारले २०६४ सालमा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिएको छ ।

नेपाल सम्वतको स्वागतमा विभिन्न कार्यक्रमको आयोजना पनि गरिन्छ । नेपालमा विशेषगरी नेवार जातिले नेपाल सम्बत्का अवसरमा विविध कार्यक्रम गर्दै आएका छन् ।  

चन्द्रमासका आधारमा गणना गरिने नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन् । शंखधर साख्वाले सबै नेपालीहरुलाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् प्रारम्भ भएको मानिन्छ । 

भक्तपुरका राजा राघवदेवको निर्देशनअनुसार यो सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा नेपालका कार्यालयहरुमा पनि प्रयोगमा ल्याइएको थियो । राणा प्रधानमन्त्री चन्द्र शमशेरको कार्यकालसम्म यहि सम्वत् प्रयोग भयो । त्यसपछि नेपालमा बिक्रम सम्वत् लागू गरियो । उज्जैनका राजा विक्रमादित्यले प्रयोगमा ल्याएको विक्रम सम्वत् नै अहिले नेपालमा प्रमुख रुपमा प्रयोगमा छ ।