समाचार

प्रदेश ७

बोल्न नसक्ने ५७ वर्षीया महिला बलात्कृत

बिहिबार, २२ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

बोल्न नसक्ने ५७ वर्षीया महिला बलात्कृत

मंगलसेन । अछाममा ५७ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन् ।

 

 

जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ ।

 

कार्तिक १५ गते राति ११ बजे आफ्नो घरमा सुतिरहेकी पीडित महिलालाई मदिरा सेवन गरी कुटपिट गर्नुका साथै बलात्कार गरेको भन्दै परिवारले कार्तिक १६ गते प्रहरीमा उजुरी दिएको थियो ।

 

 

उजुरीका आधारमा आउजीलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।

 

 

आउजीले कार्तिक २० गते सरकारी वकिल कार्यालयमा आरोप स्वीकार्दै स्थानीय १९ वर्षीय बुद्धि आउजीसमेत संलग्न रहेको बयान दिएका छन् ।

 

आरोपित बुद्धिलाई समेत पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकबाट