खेल

मुख्य समाचार

पोखरा प्रिमियर लिगः उपाधिका लागि चितवन र पोखरा भिड्दै

मङ्गलबार, २० कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

पोखरा प्रिमियर लिगः उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि भिडन्त  मंगलबार हुँदैछ । पोखरामा हुने खेलमा उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

 

 

खेल पोखरा रंगशालामा बिहान ११ बजेपछि सुरु हुनेछ । पारस खड्का कप्तान रहेको चितवन र शरद भेषवाकर नेतृत्वको पोखरा उपाधिका लागि भिड्दै छन् ।

 

 

दुवै कप्तानले आफ्नो टिमले उपाधि जित्ने दाबी गरेका छन् । सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा विजेताले २७ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।