समाचार प्रदेश २ प्रदेश ७

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । कञ्चनपुर र सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थप एकजना घाइते भएका छन्।

 


कञ्चनपुरको शु्क्लाफाँटा-११ कलुवापुरमा आइतबार राति साढे ८ बजे म २ प ८१७६ नम्बरको मोटरसाईकल दुर्घटनामा परी चालक ३० वर्षिय पुरन थापाको मृत्यु भएको छ।

 

 

गम्भीर घाइते भएका उनको महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राति साढे ९ बजे मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते नाम थर नखुलेका व्यक्तिको पदमा अस्पताल अत्तरियामा उपचार भइहेको छ।

 


यता, सुनसरीको बर्जु-३ दुर्गा मन्दिर नजिकै आइतबार साँझ साढे ७ बजे, को ६ प ३२५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  चालक स्थानीय २७ वर्षिय चन्द्रकान्त रायको मृत्यु भएको हो।

 

 

गम्भीर घाइते भएका रायको उपचारको क्रममा कोसी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।
 

मोटरसाइकल दुर्घटना कञ्चनपुर सुनसरी