समाचार प्रदेश २

वडाध्यक्ष कुटिएपछि त्रासले गाउँ नै पुरुषहीन

वडाध्यक्ष कुटिएपछि त्रासले गाउँ नै पुरुषहीन

सर्लाही । जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् । 

 

 

घटनापश्चात दुई गाउँका पुरुष डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । ‘अनावश्यक डरत्रासले खैर्वाा र बोहर्वा दुई गाउँ पुरुषविहीन भएको छ’ प्रहरी उपरीक्षक पोखरेलले भने ।

 

 

पक्राउ पर्ने डरले सबै पुरुष भागेको हुनसक्ने हाम्रो अनुमान छ । अन्नपूर्ण पोस्टबाट 

सर्लाही रामनगर गाउँपालिका
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।