मुख्य समाचार

यमपञ्चक शुरु, आज काग तिहार

सोमबार, १९ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

यमपञ्चक शुरु, आज काग तिहार

काठमाडौं । पाँच दिनसम्म मनाइने महानपर्व तिहार सोमबारबाट शुरु भएकोछ । तिहारको पहिलो दिन कागलाई पुजा गर्ने, खान दिने चलन छ । 

 

यमपञ्चक पाँच दिनसम्म हुने गर्छ । पहिलो दिन यमराजको समाचारदूत कागलाई पुजा गरेर यो पर्व मनाइन्छ भने दोस्रो दिन यमराजको द्वारपाल मानिने कुकुरको पुजा हुने गर्छ । 
 

 

सनातन हिन्दु परम्परामा प्राचीन कालदेखि कागलाई सूचनाको संवाहक मानिदै आएको छ । यो वैज्ञानिक हिसाबले पनि निकै चलाख प्राणी हो । यमराजको दूत कागले शुभ वा अशुभ खबर ल्याउने विश्वासले काग गराउने बित्तिकै चनाखो भएर लख काट्ने नेपाली चलन पनि छ ।
 

 

कागतिहार कार्तिक कृष्ण पक्षको त्रयोदशीमा पर्छ । यो दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस पनि हो । आयुर्वेदका प्रवर्तक धनन्वन्तरी र धनका देवता कुवेरको जन्मोत्सव पनि मनाउने पर्व हो । धनतेरसमा सुन, चाँदी वा मूल्यवान धातु किन्नु शुभ मानिन्छ ।