राजनीति

प्रदेश ६

कर्णाली प्रदेशः मुख्यमन्त्रीको तलब ६० हजार

आइतबार, १८ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

कर्णाली प्रदेशः मुख्यमन्त्रीको तलब ६० हजार


सुर्खेत । कर्णाली प्रदेशले मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यको पारिश्रमिक र सेवासुविधाको टुंगो लगाएको छ ।  आइतबार बसेको प्रदेशसभाको बैठकले पारिश्रमिकको टुंगो लागेको हो ।

 

 

प्रदेशसभाका सदस्यहरुको सेवासुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक  र मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

 

 

विधेयक पारित भएसँगै अब मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० रुपैयाँ र मन्त्रीहरुको ५२ हजार रुपैयाँ हुनेछ । विधेयकमा मुख्यमन्त्री र मन्त्रीहरुले आवश्यकता अनुसार एकजना विषयगत सल्लाहकार राख्न पाउनेछन् ।

 

 

यस्तै प्रदेशसभाका सभामुखको मासिक पारिश्रमिक ५३ हजार, उपसभामुखको ५० हजार तोकिएको छ । यस्तै प्रदेशसभा सदस्यहरुको ४४ हजार, दलका प्रमुख सचेकको ४८ हजार र विपक्षी दलका नेताको ५० हजार तोकिएको छ ।