देश

कमाउने छाेराे बाकसमा फर्कियाे‍‍

शनिबार, १७ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

कमाउने छाेराे बाकसमा फर्कियाे‍‍

उदयपुर - परिवारको आशा थियो छोराले पैसा पठउला । ऋण तिर्ला । बुढा आमाबाको ओखतीमुलो गर्ला । 
 

नानीहरुका लागि नानाचाचको बाकस बोके फर्कला । तर, कमाउने छोरै बाकसभित्र फर्केपछि मंगलीमाया र सार्कीबहादुर मगरको परिवारमा सन्नाटा छाएको छ । 
 

त्रियुगाा ५ श्रीपुरका २६ बर्षे रतन मगर मलेसिया पुगेको थियो । दसैंको दिन उनको परिवार छोराको फोन पर्खेर बसेको थियो । 
 

चाडको दिन सुखद दुःखको कुरा गरुँला भन्ने आशामा बसेकी पत्नी मीना २३ को फोन त बज्यो । तर, त्यो फोनको मात्रै घण्टी थिएन, मगर परिवारको दुःखको साइरन थियो । टीका थाप्दै गरेको बेला रतनको मलेसियामै मृत्यु भएको खबरको उनीहरुले सामना गरे ।,

अन्नपुर्ण पोष्टबाट ।  

तस्विर फाईल ।