विदेश

प्रवास

अफगानिस्तानको काबुल आक्रमणमा परी ११ जना नेपाली घाइते

शुक्रबार, १४ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल आज

अफगानिस्तानको काबुल आक्रमणमा परी ११ जना नेपाली घाइते

काठमाडौं । बुधबार अफगानिस्तानको काबुलमा भएको आक्रमणमा ११ जना नेपाली नागरिक घाइते भएका छन् । 

 

त्यहाँको आन्तरिक मामिला मन्त्रालयले बुधबार भएको आक्रमणमा ११ नेपाली र पाँच बेलायती नागरिक घाइते भएका पुष्टी गरेको हो ।

 

उनीहरू कार्यरत रहेको बेलायती सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई यसबारेमा जानकारी गराएको जनाएको छ ।

 

बुधबार जीफोरएसको कार्यालय परिसरमा विद्रोही समूह तालिवानको आक्रमणमा परि चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो ।