विदेश

प्रवास

जापानले एक हजार नेपाली ईन्जिनियरलाई रोजगार दिने

शुक्रबार, १४ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल आज

जापानले एक हजार नेपाली ईन्जिनियरलाई रोजगार दिने

भक्तपुर । जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ । 

 

 

जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । 

 

 

ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं  नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

 

 

कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

 

 

नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को मार्चसम्ममा एक हजार नेपाली आईटी ईन्जिनियरलाई रोजगारी दिने योजना रहेको बताए । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।