समाचार प्रदेश ५

वडाध्यक्ष बुढाको निधन

वडाध्यक्ष बुढाको निधन

घोराही । दाङको घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ ।

 

उनको बिहीबार बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

 

लामो समयदेखि जण्डिसले थलिएका बुढाको काठमाडौं, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्किएका थिए ।

 

तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय तहको चुनावमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी भएका बुढाले आफ्नो वडामा लोकप्रिय कामसमेत गरिरहेका थिए । 

दाङ