समाचार

अपराध सुरक्षा

तालमा डुबेका डिसीको शव फेला

बुधबार, १२ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल आज

तालमा डुबेका डिसीको शव फेला

दाङ । घोराही उपमहानगरपालिका–१७ गुलरीयामा रहेको कृत्रिम तालमा गत आइतबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवाको शव आज बुधबार फेला परेको छ । 

 

 

घोराही उपमहानगरपालिका–१५ निवासी १८ वर्षीय लक्ष्मण डिसीको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाइने प्रहरीले बताएको छ । 

 

 

गोताखोरले हिजो दिनभरि खोजी गरे पनि भेटाउन सकेको थिएन । चिसो शरीर फुल्न नपाएकाले शवमाथि आउन नसक्दा ढिलो गरी शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । 

 

 

जलाशय धेरै गहिरो रहेका कारण पानी फाल्न समय लागेको प्रहरीको भनाइ छ । पानी फालेपछि मात्र उनको शव फेला परेको हो ।