अपराध सुरक्षा

नेपाल प्रहरीलाई कतारले सघाउने

शुक्रबार, १६ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

नेपाल प्रहरीलाई कतारले सघाउने

काठमाडाै‌ । नेपाल प्रहरीले कतार प्रहरीसँग सुरक्षामा समन्वयका लागि समझदारी गरेको छ ।
 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

 

समझदारी अन्र्तगत आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध नियन्त्रणमा समन्वय हुने छ ।

 आजको नयाँ पत्रिकामा यो खबर छ ।