समाचार प्रदेश १

गोली हानेर सुनसरीमा एकजनाको हत्या

गोली हानेर सुनसरीमा एकजनाको हत्या

सुनसरी । सुनसरीको दुहवी गाउँपालिकामा एकजनाको हत्या भएको छ ।

 

गाउँपालिकाको वडा नंम्बर ९ मा रहेको जयबावा इँटा भट्टामा कार्यरत स्थानीय फिदा हुसेनमाथि मोटरसाइकलमा आएका दुई जनाले गोली हानेका थिए ।

 

छातीमा गोली लागेपछि गम्भीर घाइते भएका हुसेनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । हुसने दुहबी गाउँपालिका वडा नंंम्बर ९ का वडाअध्यक्ष मेहदी हुसेनका भार्इ हुन् । 

 

२० वर्षदेखि इट्टा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेख देखगर्दै आएका थिए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

हत्या सुनसरी