समाचार प्रदेश ३

पुलबाट खसेर एकजनाको मृत्यु

पुलबाट खसेर एकजनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा बुधबार बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन् । 

 

इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीका अनुसार मादक पदार्थ सेवन गरी भङ्गाहा पुलमाथि सुतेका कुमाल पुलबाट खसेका हुन् ।

 

कुमाल यसअघि पनि सोही पुलमा आएर सुत्ने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

चितवन भरतपुर महानगरपालिका