समाचार प्रदेश ५

ज्यानमारा चितुवा छिनोफानो गर्न डीएनए टेस्ट 

ज्यानमारा चितुवा छिनोफानो गर्न डीएनए टेस्ट 

अर्घाखाँची । जिल्लामा पाँच वर्षमा २४ बालबालिका चितुवाको आक्रमणमा परे । १४ जनाको त ज्यानै गयो ।

 

नरभक्षी चितुवाको आतंकबाट सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचीकोट, ढिकुरा, नुवाकोटलगायत गाउँका स्थानीय त्रस्त थिए ।

 

कति त गाउँ छाड्न बाध्य भए । कात्तिक २४ गते ढिकुरा पियालेमा थापिएका पासोमा परेर एउटा चितुवा मारियो । चितुवा मरेपछि स्थानीयको खुसीको सीमा रहेन ।

 

तर ज्यानमारा चितुवा त्यही हो त ? छिनोफानो गर्न डीएनए टेस्ट गर्न लागिएको छ । डीएनए जाँच्न मरेको चितुवाको रगत र र्ल काठमाडौं पठाइएको सहायक वन अधिकृत शीला पोखरेलले बताइन् । गत शनिबार साँझ चितुवाको आक्रमणबाट पियालेमा चार वर्षीय बालकको ज्यान गएको थियो । अन्नपूर्ण पोस्ट दैनिकबाट 

चितुवा अर्घाखाँची डीएनए टेस्ट