राजनीति प्रदेश २

फोरम नेपालका सांसद पासवान आफ्नै गाउँमा कुटिए

फोरम नेपालका सांसद पासवान आफ्नै गाउँमा कुटिए

सर्लाही । राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ ।

 

कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो ।उनी संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उनले बताए । सांसद पासमानको शरीरमा चोट लागेको बताइएको छ ।

 

 

राष्ट्रियसभा सदस्य पासवान माथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ ।

 

 

संघका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

 

 

यस्तै सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ ।

सर्लाही रामप्रीत पासवान संघीय समाजवादी फोरम नेपाल