समाचार प्रदेश २

नेपाली झन्डा फहराउँदै जनकपुर आउँदै भारतीय रेल

नेपाली झन्डा फहराउँदै जनकपुर आउँदै भारतीय रेल

जनकपुर । नेपाललाई यात्रुबाहक रेल लिजमा दिन भारत सहमत भएको छ । नवनिर्मित जनकपुर–जयनगर मार्गका लागि आवश्यक रेल लिजमा दिन नेपालले राखेको प्रस्तावमा भारतले सहमति जनाएको हो ।

 

 

भारतले आफ्नो विदेश मन्त्रालयमार्फत चार दिनअघि नेपाललाई पत्राचार गरी लिजमा रेल दिन सहमति जनाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

 


‘रेल लिजमा लिने प्रस्ताव हामीले गरे पनि यसअघि भारतले निधो दिएको थिएन,’ उनले भने, ‘भारतले हामीलाई लिजमा रेल दिने सहमति जनाएसँगै हामीले त्यसका लागि अनौपचारिक नेगोसिएसन अघि बढाएका छौँ ।’ उनका अनुसार नेपालले लिजमा लिने रेल भारतीय सार्वजनिक संस्थानअन्तर्गतको रेल हुनेछ ।

 

 

यसका लागि भारतीय संस्थानअन्तर्गतका दुईवटा कम्पनीसँग अनौपचारिक रूपमा छलफल भइरहेको छ । अब औपचारिक छलफल गरी लिजका विषयमा टुंगोमा पुगिने उनको भनाइ छ ।

 

 

कुर्था–जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्गमा तत्काल भाडाकै रेल चलाउने भए पनि त्यसमा नेपाली झन्डा फहराउने विभागको तयारी छ । भारतकै ७ अर्ब रुपैयाँ अनुदानमा निर्माण भएको सो ब्रोडगेज रेलमार्गमा भारतकै रेल चल्ने भएको हो ।

 

 

प्रतिघन्टा सय किलोमिटरका दरले कुद्ने गरी डिजाइन गरिएको सो रेलमार्गमा एक ट्रिपमा चार सयसम्म यात्रु क्षमताको रेल चलाउने तयारी छ ।

 

 

तर, तीव्र गतिकै रेल सेवा सञ्चालनमा ल्याउन लागिएको भए पनि ३५ किलोमिटर दूरी पार गर्ने डेढ घन्टाभन्दा बढी समय लाग्न सक्ने अनुमान विभागको छ । नयाँ पत्रिकाबाट 

भारतीय रेल नेपाली झन्डा