समाचार प्रदेश १

देउसी–भैलोको रकम मिर्गौला पीडितलाई प्रदान

देउसी–भैलोको रकम मिर्गौला पीडितलाई प्रदान

झापा । शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गौला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् । 

 

 

देउसी–भैलोबाट सङ्कलित ५० हजार ५६५ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो ।

 

 

चिकित्सकले २७ वर्षीया सम्झनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएको उनले जानकारी दिए । बिरामीको उपचारमा हालसम्म २२ लाख रुपैयाँ बढी खर्च भइसकेको र थप उपचारमा समस्या भएकाले बुबा भुवनले सबैसँग थप सहयोगका लागि याचना गरे ।

झापा देउसी–भैलो