समाचार राजनीति प्रदेश २

भ्रष्टाचार नियन्त्रण गर्छौंः मुख्यमन्त्री राउत

भ्रष्टाचार नियन्त्रण गर्छौंः मुख्यमन्त्री राउत

 सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् ।

 

 

प्रगतिशील नोकैल्वा ट्रस्ट निर्माण अभियानद्वारा आयोजित शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्य समस्या कुशासन, भ्रष्टाचार र अनियमितता हो त्यसलाई नियन्त्रण गरिने बताए । 

 

 

प्रदेश नं २ को आठ वटै जिल्लामा सबैभन्दा बढी भ्रष्टाचार भएको भन्दै त्यसलाई समाप्त गर्ने उनले बताए । उनले प्रदेशमा सुशासन कायम गर्न सुशासनसम्बन्धी विधेयक प्रदेशसभामा लग्ने जानकारी दिए । 

 


कार्मचारी नहुँदा प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गर्दै उनले भने, ‘कर्मचारी माग्दा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाउँदैन् । पठाए पनि केही महीना अवकाश हुन बाँकी रहेका कर्मचारी पठाउने गर्छ ।’ 

 

 

‘प्रदेश नं २ मा पाँच हजार कर्मचारी आवश्यक छ । तर कर्मचारी नहुँदा नीति कार्यक्रम लागू हुन सकेको छैन’ राउतले भने, ‘जनता प्रदेश सरकारले केही गरेन भन्छ । तर कर्मचारी नै नभएपछि कसरी काम गर्ने ?’ उनले सङ्घीय सरकारले कर्मचारी नदिए करारमा कर्मचारी नियुक्त गर्ने बताए ।

मुख्यमन्त्री लालबाबु राउत भ्रष्टाचार