समाचार प्रदेश ५

फेरि मट्टितेलको बिक्री बढ्यो

फेरि मट्टितेलको बिक्री बढ्यो

नेपालगञ्ज । बाँकेमा मट्टितेलको बिक्री बढ्न थालेको छ । पछिल्लो तीन वर्षको तथ्यांक अनुसार मट्टितेलको बिक्रीको परिमाण बढेको नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जले जनाएको छ । 

 

 

आर्थिक वर्ष २०७१-७२ मा  ३०९ किलोलिटर बिक्री भएकोमा आर्थिक वष २०७४-७५ मा  एक हजार ८८० किलो लिटर मट्टितेल बिक्री भएको निगमको नेपालगञ्ज इन्धन डिपो कार्यालयका प्रमुख अभिशेषकुमार ठाकुरले जानकारी दिए । 

 

 

चार वर्षको अवधिमा करिब ६ गुणाले मट्टितेलको बिक्री बढेको छ । आयल निगमका अनुसार आर्थिक वर्ष २०७२-७३ मा एक हजार  ८३० किलोलिटर मट्टितेलको बिक्री भएको डिपो प्रमुख  ठाकुरले जानकारी दिए । 

 

 

विकास निर्माणलगायतका कार्यमा मट्टितेलको प्रयोग हुने गरेको छ ।  यसैगरी सुरक्षा निकायले समेत यसको प्रयोग गर्ने गरेका छन् । 

 

आयल निमगको डिपो कार्यालयले  आर्थिक वर्ष २०७०-७१ मा ८९९ किलोलिटर मट्टितेल बिक्री गरेकोमा २०७३-७४ मा एक हजार ७०३ किलो लिटर मट्टितेल बिक्री गरेको डिपो कार्यालयका प्रमुख  ठाकुरले जनाए । 

मट्टितेलको बिक्री