कला साहित्य मुख्य समाचार

छक्कापञ्जा–३ को कमाइ किन लुकाइयो ?

छक्कापञ्जा–३ को कमाइ किन लुकाइयो ?

काठमाडौं । छक्कापञ्जा ३ ले यसपटक कति आम्दानी गर्यो भन्ने विषय चलचित्र निर्माण समूहले यसपटक सार्वजनिक गरेको छैन । के कर नतिर्न वा कर छल्न निर्माण समूहले यस्तो गरेको हो ? वास्तवमा कर छल्न भने कमाई सार्वजनिक नगरिएको होइन ।

 

कलाकार तथा निर्माण समूहका सदस्य केदार घिमिरे ‘माग्ने बुढा’ भन्छन्, ‘फिल्मले कमाएको कुरा गर्दा मनी सेन्ट्रिक मात्रै रहेछ यो समूह भन्ने सन्देश जाने देखियो । यसकारण हामीले यसपटक यति कमाई भयो, उति भयो भनेनौं ।’

 

छक्कापञ्जा २ को रिकर्ड तीनले १६ औं दिनमा तोडेको उनले जानकारी दिए । छक्कापञ्जा २ को कमाई १६ करोड थियो । अर्थात अहिले छक्कापञ्जा ३ को कमाई १६ करोड कटिकसकेको छ । विदेशमा बेचेको आय यसमा समेटिएको छैन । २ करोड जतिको लागतमा निर्माण भएको चलचित्रले निर्माण समूहलाई १० करोड मुनाफा दिन्छ ? भन्ने प्रश्नमा घिमिरे भन्छन्, ‘त्यति त आउनु पर्ने हो । आउँछ ।’