खेल

निवासको कप्तानीमा साफ यू-१५ टोली घोषणा

मङ्गलबार, २३ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

निवासको कप्तानीमा साफ यू-१५ टोली घोषणा

काठमाडौं । आगामी कात्तिक ८ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने साफ यू-१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । 

 

 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार साफ यू–१५ का लागि निवास फुयालको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । 

 

 

टोलीमा जान लिम्बु, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, हृदेश ठकुरी, प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ र प्रविन मगर राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धिरज बलायर, नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई, रोशन नेपाल, रोशन मगर र विनय श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सनोज श्रेष्ठलाई दिइएको एन्फाले जनाएको छ ।