मुख्य समाचार

राजनीति

बामदेव पक्का काठमाडौबाट चुनाव लड्ने, मानन्धरद्वारा राजीनामा

मङ्गलबार, २३ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

बामदेव पक्का काठमाडौबाट चुनाव लड्ने, मानन्धरद्वारा राजीनामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम काठमाडौंबाट चुनाव लड्ने भएका छन् । 

 

 

नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेसँगै अब बामदेव काठमाडौंबाच चुनाव लड्ने भएका हुन् । 

 

 

 

सांसद मानन्धरको यो घोषणाले निराश भएका बामदेवको अनुहारमा चमक आएको छ । मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताए ।