स्वास्थ्य

भान्छा नै औषधालय, घरमै सहज उपचार

सोमबार, २२ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

भान्छा नै औषधालय, घरमै सहज उपचार

–आयुर्वेदकर्मी बिन्दुप्रसाद गुरागाइँ ।

काठमाडौं ।  सबैलाई थाह नहुन सक्छ भान्छा नै औषधालय हो भन्ने । भान्छामा सजिलैसँग उपलब्ध हुने विभिन्न प्रकारका मसला तथा खाद्य पदार्थले औषधिको काम गरिरहेको हुन्छ । केही मसला र तिनको औषधीय गुण यस्ता छन्ः

१) अदुवा : अरुचि, अपच, दुखाई कम गर्ने र रुघाखोकी । 

२) अलैँची : अरुचि, वमन, मुखरोग, श्वाप्रश्वास रोग र वेदनाहार । 

३) ज्वानो : अजीर्ण, ग्यास्ट्रिक, कब्जियत, अपच र सुत्केरी रोगहरू । 

४) टिमुर  : मुखरोग, अजीर्ण, अपच, मुखमा आउने दुर्गन्ध आदि ।

५) धनियाँ  : अरुचि, अजीर्ण, वमन, अतिसार, उष्णता (गर्मी) र दुखाई कम गर्ने ।

६) पुदिना (बाबरी)  : अजीर्ण, शूलहार, उच्च रक्तचाप, वमन र श्वास रोग आदि ।

७) मरिच  :  अजीर्ण, श्वास रोग चर्म (छालासम्बन्धी) रोग आदि । 

८) लसुन  : अजीर्ण, वाथ रोग, रुघारोकी र दुखाई कम गर्ने ।

९) ल्वाङ  :  दाँत दुखेको, मुख रोग, अम्लपित्त र श्वास रोग आदि । 

१०) सुकुमेल  : मुख रोग, श्वास रोग, अरुचि र दुर्बलता आदि ।

११) प्याज  : अरुचि, वमन, खाना पचाउने र झाडा पखाला आदि । 

१२) जिरा : घाँटी दुखेको, निमोनिया, अरुचि, ज्वरो र पिसाबसम्बन्धी रोग ।