खेल

विश्व कप टी–ट्वान्टीः थाइल्याण्डको तेस्रो विकेट पतन, सन्दीपले लिए २ विकेट

आइतबार, २१ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

विश्व कप टी–ट्वान्टीः थाइल्याण्डको तेस्रो विकेट पतन, सन्दीपले लिए २ विकेट

 

काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व कप टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले थाइल्याण्डलाई एक सय ७३ रनको चुनौती दिएको छ ।

 

 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको हो । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत नेपालको यो तेस्रो खेल हो ।

 

 

नेपालले यसअघिका दुर्इ खेलमा मलेसियालार्इ ८ विकेट र म्यानमारलार्इ पनि ८ विकेटले हराएको थियो। यसैबीच, १७३ रनमो लक्ष्य पछ्याएको थाइल्याण्डले खराब सुरुवात गरेको छ ।

 

 

 उसले २ ओभरमै २ विकेट गुमाएको छ । थाइल्याण्डको पहिलो विकेट ललितनारायण राजवंशीले झारे । यस्तै, दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दिपले पनि विकेट लिन सफल भए । यस्तै, सन्दीपले चौथो ओभर बलिङ गर्न आए र यो ओभरमा पनि विकेट लिन झार्न सफल भए ।