खेल

मुख्य समाचार

टी-ट्वान्टी विश्व कपः नेपाल र थाइल्याण्ड भिड्दै

आइतबार, २१ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

टी-ट्वान्टी विश्व कपः नेपाल र थाइल्याण्ड भिड्दै


काठमाडौं । मलेसियामा जारी टी-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले आइतबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले यो समाचार तयार पार्दासम्म १ विकेटको क्षतीमा पाँच ओभरको खेलमा ५३ रन बनाएको छ । 

 

 

 

आइतबार पनि नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । खेल मलेसियाको बायुमास ओभलमा क्रिकेट मैदानमा भइरहेको छ ।

 

 

 

लगातार दुर्इ खेलमा फराकिलो अन्तरले विजयी भएको नेपाल आइतबार पनि पुरानै लय अनुसार खेल्ने रणानीतिमा छ । नेपालले म्यानमार र मलेसियामाथि ८–८ विकेटको जित निकालेको थियो ।

 

 

 

लगातार दुर्इ खेलमा विजयी भएपनि नेपाल अ‌ंक तालिकाको तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको थाइल्याण्डले ३ खेल मध्य २ मा जित र एउटा खेल पानी परेपछि ड्र भएको थियो ।

 

 

 

दोस्रो स्थानमा सिंगापुर रहेको छ । नेपाल र सिंगापुरको समान ४ अंक भए पनि रनरेटका आधारमा नेपाल तेस्रो स्थानमा रहेको हो ।

थाइल्यान्डमाथि पनि जित हात पार्दै नेपाल शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । थाइल्यान्डले अहिलेसम्म नेपाललाई पराजित गर्न सकेको छैन । छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

यो समूहबाट शीर्ष ३ राष्ट्र टी(ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछ । फाइनल चरणको विजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउने छन् ।