बैंकिङ

मुख्य समाचार

समाज

पूर्वबैंकर कमल ज्ञवाली जेल जानुबाहेक विकल्पहीन

शुक्रबार, १९ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

पूर्वबैंकर कमल ज्ञवाली जेल जानुबाहेक विकल्पहीन

काठमाडौं । ऋण दुरुपयोग अभियोगमा दण्ड गरिएका कमल ज्ञवाली पक्राउ परेका छन् । तत्कालीन किस्ट बैंकका प्रबन्ध सञ्चालक रहेका ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार बिहान लुकेर बसेको अवस्थामा पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले ज्ञवालीलाई महेन्द्रनगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जानकारी दिए । 


ऋण दुरुपयोग गरेको अभियोगमा उच्च अदालत पाटनअन्तर्गतको वाणिज्य इजलासले ०७३ जेठमा पूर्वबैंकर ज्ञवाली र उनकी श्रीमती गौरी खनाललाई जेल सजाय र जरिवानाको सजाय सुनाएको थियो । ज्ञवालीलाई साढे ४ करोड रुपैयाँ जरिवाना र ४ वर्ष कैद हुने भएको छ । 


६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग गरिएको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो । सिआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली फरार भएका थिए ।