खेल

मुख्य समाचार

महिला च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

शुक्रबार, १९ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

महिला च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाल भुटानमा जारी साफ यू- १८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  

 

 

सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएर नेपाल उपाधि नजिक पुगेको हो । थिम्पुको चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

 

 

जसमा नेपालका लागि अन्जना रानामगर र रेखा पौडेलले गोल गरेका  थिए, भने  भारतकी टुडु जवामानीले मात्र पेनाल्टीमा गोल गर्न सकेकी थिइन् ।

 

 

यसअघि रश्मी कुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको थियो । घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्  ।

 

 

तर, भारतकी समिक्षाले ६३ औं मिनेटमा हेडबाट गोल गर्दै खेल बराबरी गरेको थियो । नेपालले फाइनलमा बंगलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ ।