समाचार

मुख्य समाचार

देश

लिम्पियाधुरा गायब गरिएपछि विरोध प्रदर्शन

बुधबार, १७ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

लिम्पियाधुरा गायब गरिएपछि विरोध प्रदर्शन

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्र्चाले नेपालको नक्साबाट लिम्पियाधुरा गायब गरिएपछि विरोधस्वरूप बुधबार राजधानीमा प्रदर्शन गरेको छ । मोर्चाका मुख्य अभियन्ता फणिन्द्र नेपालको अगुवाइमा नापी विभाग अगाडि मैनबत्ती बालेर उक्त प्रदर्शन गरिएको हो ।  

 

 

ग्रेटर नेपाल समर्थित नेपालले जानकारी दिएअनुसार नापी विभागका उप–महानिर्देशक सुरेशमान श्रेष्ठलाई नेपालको नक्सामा लिम्पियाधुरा कहाँ छ ? भनी प्रश्न सोद्धा उप–महानिर्देशक श्रेष्ठले यो कुरा प्राविधिक ठाउँमा गएर राख्न सुझाउँदै यसबारे आफूलाई विस्तृत ज्ञान नभएको बताए । यसका साथै उनले यो कुरा आफ्नो वशमा नभएको पनि जानकारी गराए । 

 

 

यतिमात्र होइन अभियन्ता नेपालका अनुसार नापीका उप–महानिर्देशकलाई देशमा भएका राष्ट्रिय निकुञ्ज र तिनका क्षेत्रफलबारे जानकारी नै छैन । 
स्मरणीय छ, नेपालको आधिकारिक नक्सा तयार पार्ने काम नापी विभागको हो । उप–महानिर्देशक श्रेष्ठले लिम्पियाधुरा जस्तो संवेदनशील कुरामा नापी विभाग जिम्मेवारीबाट पन्छिन खोजिएको अभियन्ता नेपालले आरोप लगाए । 

 

 

नेपालको  पश्चिमी सिमानामा रहेको लिम्पियाधुराबाट महाकाली नदी निस्कन्छ । धेरै पहिलादेखि नै नेपालको नक्साबाट उक्त भू–भाग हराएको छ । अहिलेको नेपालको नक्सामा पनि उक्त भू–भाग नपरेपछि मोर्चाले आपत्ति जनाएको हो ।