समाचार

अपराध सुरक्षा

सालकको खपटासहित पक्राउ !

बुधबार, १४ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

सालकको खपटासहित पक्राउ !

दोलाखा । दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरेको छ ।
 

 

पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।
 

 

संरक्षित वन्यजन्तु सालकको खपटा बिक्री वितरणका लागि लादै गरेको प्राप्त गोप्य सूचनाका आधारमा खटिएका प्रहरी टोलीले मंगलबार अपराह्न ४ बजे बा ९१ प ५८४४ नम्बरको पल्सर मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो ।
 

 

घटनामा संलग्न दुई जनामध्ये एक जनाले बा ८३ प २९१९ नम्बरको पल्सर मोटरसाइकल छोडेर भागेको बताइएको छ । फरार अभियुक्तको खोजीकार्य भइरहेको र पक्राउ परेका खड्कालाई अनुसन्धान गरी कारवाहीका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइने प्रहरीले जनाएको छ ।