कभर स्टोरी

अन्तरवार्ता

भिडियो

‘प्रचण्ड र बाबुरामजीलाई ‘रअ’ (महाप्रभु) ले सञ्चालन गरेकै रहेछ’ (भिडियाेसहित)

बुधबार, १७ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

‘प्रचण्ड र बाबुरामजीलाई ‘रअ’ (महाप्रभु) ले सञ्चालन गरेकै रहेछ’ (भिडियाेसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय नेता हस्तबहादुर केसीले नेपालको वामपंथी आन्दोलनमा गम्भीर प्रकारको विचलन आएको बताएका छन् ।


नेपाल आजसँग नेपालको वामपंथी आन्दोलन र समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै नेता केसीले शान्तिप्रक्रियापछि आउँदा साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादीहरूका सामु आत्मसमर्पण गर्न पुग्यो त्यसबाट माओवादी आन्दोलनमा ठूलो विचलन पैदा भएको टिप्पणी गरे ।


उनले भने, ‘माओवादी आन्दोलनको नेतृत्व गरेका प्रचण्ड र बाबुरामले साम्राज्यवादी शक्तिसँग आत्मसमर्पण गरेकाले आज माओवादी आन्दोलन विघटनको संघारमा पुगेको हो ।’


नेता केसीले माओवादी आन्दोलन र मुलुकको आन्तरिक राजनीतिका विषयमा प्रकट गरेका विचारका सारसंक्षेप निम्नप्रकारको रहेको छ :


‘माओवादी आन्दोलनमा मोहन बैद्य, बाबुराम, सिपी गजुरेललगायत असंख्य नेताहरूले प्रचण्डलाई विश्वास गरेकै हो । जसको कारण प्रचण्ड पथसम्मका कुरा भए तर उनलाई समयमा हामीले चिन्न सकिएन त्यो बिग्रियो, बर्बाद भयो, हाम्रो पार्टीको क्रान्ति र समाजलाई क्षति पु¥यायो । जसबाट हामीले बुझ्यौं कि प्रचण्ड र बाबुरामजी भित्र चरम अवसरवादी चरित्र रहेछ ।’


‘चरम अवसरवादका कारण प्रचण्ड र बाबुरामजीले माक्र्सवाद, लेलिनवाद छोड्यो, अहिले उहाँहरूको माक्र्सवाद, लेलिनवाद ढोंग मात्र हो । हुँदाहुँदा प्रचण्ड र बाबुरामजीले माओवादसमेत परित्याग गर्नुभयो । जनसेना र सहीदका रगतसँग नाता जोडिएको हतियार प्रतिक्रियावादीहरूलाई बुझाउनुभयो ।’


‘प्रचण्ड र बाबुरामजीलाई महाप्रभुले सञ्चालन गरेकै रहेछ । किनभने उहाँहरूलाई महाप्रभुले मलेसिया, सिंगापुर बोलाउनु भयो र जानु भयो । विशेषगरी वामपंथी आन्दालनमा महाप्रभु भनेको भारतको ‘रअ’ लाई मानिन्छ । महाप्रभुले सिलगुढीमा अन्तिम आदेश दिएअनुसार उहाँहरू दुबै प्रधानमन्त्री बन्नुभयो । प्रचण्डले भारतसँग २५ बुँदै सहमति गरेर राष्ट्रघात गरेका थिए । यस्तै बाबुरामले पनि बिप्पा सम्झौता गरेर थप राष्ट्रघात गरेका हुन् । प्रचण्डले भारतसँग २५ बुँदे सम्झौता गरेर नेपालको सुरक्षा भारतले हेर्ने भनी राष्ट्रविरोधी काम गरेकै हो । त्यस्तै हो भने नेपालको सुरक्षा भारतले हेर्ने हो भने नेपाली सेना किन चाहियो ? प्रचण्ड र बाबुराम जनयुद्धबाट डराएकै हो, भागेकै हो ।’ 


‘प्रचण्डले माओवादी आन्दोलनप्रति महा अपराध गरेका छन् । प्रचण्ड कम्युनिस्ट नै होइनन् । उनी संशोधनवादी एवं दक्षिणपंथी हुन् ।’


‘प्रकाण्डलाई गृहमन्त्री बादलले व्यक्तिगत रिसइवी साँध्नेबाहेक अरू कुनै प्रयोजन छैन । यो उहाँहरूको हिजो पार्टीमा छँदाखेरीको द्वेष हो ।’