देश

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

आइतबार, ११ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

नेपाल आज डटकमबाट ओशो तपोवनको सन्दर्भमा प्रकासित भएका दुई अन्तरवार्ताका विषयलाई लिएर २०७५।०७।०७ गते प्राप्त सञ्चारमाध्यमलाई खण्डनपत्र ओशो तपोवनले पठाएको थियो । त्यसमा छलफल भयो । सो सन्दर्भमा अनुगमन र वार्तामा कतिपय प्रश्नहरु तथ्यलाई बंग्याउन खोजिएको सन्तुलन कायम हुन नसकेको काउन्सिलले देखेको परिप्रेक्षमा नेपाल आजबाट कात्तिक ७, २०७५ मा प्रकाशित ‘स्वामी अरुणको चेतावनी गुरुलाई धोका दिनेहरुको अनिष्ठ निश्चित छ ।’ भन्ने सामग्री ती प्रकाशित दुई अन्तर्वाताहरुको जवाफ जस्तो बनाई स्वामी आनन्द अरुणले अन्तर्वाता नै दिएको जस्तो पारी स्वामी आनन्द अरुणलाई नसोधी सो समाचार बनाएको कुरा उल्लेख नगरी स्वामी आनन्द अरुणले आफ्नो शिविरमा दिएका प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो । 

अन्तर्वाता  नै नलिइकन मनगढन्ते प्रश्नहरु खडा गरी फलाना, फलाना प्रश्नहरुमा स्वामी अरुण मौन रहे भन्नु सरासर गलत हो । 

–अाेशाे तपाेवन 

र याे पनि, 

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)