मुख्य समाचार

महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा (भिडियोसहित)

आइतबार, ११ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज (PH)

महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा (भिडियोसहित)

काठमाडौं । ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले महिलाबाट खुट्टा मसाज गराइरहेको फोटो सार्वजनिक गर्ने ओशो सन्यासी स्वामी देव सुन्दर (अर्जुनप्रसाद पाण्डे)लाई प्रहरीले पक्राउ गरेको छ । 

 

नेपाली संस्कार र परम्पराअनुसार महिलाबाट यस्तो सेवा कुनै पनि पुरुषले लिँदैनन् । स्वामी आनन्द अरुणले महिलाबाट खुट्टा मसाज गराएको तस्बीर देव सुन्दरले फेसबुकमार्फत सार्वजनिक गरिदिएका थिए । खुट्टा मसाज गर्ने महिलाले यस्तो तस्बीर सार्वजनिक गरेर आफ्नो चरित्र हत्या भएको भन्दै टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएकी थिइन् । प्रहरीले विधुतीय माध्यम प्रयोग गरेर फोटो अपलोड गरेको भन्दै साइबर क्राइम अन्तर्गत देवसुन्दरलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।


खुट्टा मसाज गराएको सो तस्बीर विगत ६ महिनादेखि ओशो सन्यासीहरुबीच भाइरल जस्तै भएको बुझिएको छ । यो तस्बीर केही वर्षअघि स्वामी आनन्द अरुण स्वयंमले फेसबुकमा सार्वजनिक गरेको र पछि हटाएको बताइन्छ । ६ महिना अघि पोखराका एक सन्यासीले समेत सो तस्बीर सामाजिक सञ्जालमा सेयर गरेको ओशो सन्यासीहरुबीच कुराकानी हुने गरेको छ । 

 

देवसुन्दरनिकटहरुका अनुसार सो तस्बीर देवसुन्दरले पनि सामाजिक सञ्जालहरुमै भेटेर सेयर गरेका थिए । 

 

पछिल्लो समय ओशो तपोवनभित्रका अनियमितताबारे देवसुन्दरले आवाज उठाउदै आएका थिए । उनी निकटस्थहरु भन्छन्, ‘महिलाले उजुरी दिएको भन्ने कुरा देखावटी हो । स्वामी आनन्द अरुणले आफ्नो विरोध गरेको भनेर शक्ति केन्द्रको दुरुपयोग गरेर देवसुन्दरलाई पक्रन लगाएका हुन् । महिलाहरुलाई ठाडै अश्लील गाली गरेर फेसबुकमा राख्नेहरुविरुद्ध त प्रहरीले चासो दिदैन । यति सामान्य विषयमा साइबर क्राइम आकर्षित गराउनु भनेको डनगिरी हो ।’

 

स्वामी आनन्द अरुणको खुट्टा मसाज गराउने महिलाले भने आफू पेशाले नर्स भएको र स्वामीलाई उपचारको रुपमा मसाज गरिदिएको बताउने गरेको बुझिएको छ । 

 

स्वामी आनन्द अरुणले केही दिन अघि आफ्ना अनुयायीहरुलाई प्रवचन दिँदै घुमाउरो शैलीमा गुरुको विरोधमा उत्रिनेको अनिष्ट हुने चेतावनी दिएका थिए ।  त्यस्तो ओशो तपोवनका सदस्य राजु रिमालले देव सुन्दरलाई झुण्ड्याउने चेतावनी प्रेस काउन्सिलको कार्यालयमा दिएका थिए । 
 

 

-तस्बीरमा बायाँ देवसुन्दर, दायाँ आनन्द अरुण । 

 

र याे पनि, 

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)