मुख्य समाचार

ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

शनिबार, १० कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

काठमाडौं । ओशो तपोवनका एक सदस्यले ओशो सन्यासी स्वामी देव सुन्दरलाई भौतिक क्षति पर्याउने आसयको अभिव्यक्ति दिँदै ‘झुण्ड्याउने’ बताएका  छन् । 

 

नेपालआजमा स्वामी देवसुन्दर र अंशु कविराको अन्तर्वार्ता सम्प्रेषण भएपछि आक्रोशमा आएका तपोवनका सदस्य राजु रिमालले यस्तो अभिव्यक्ति दिएका हुन् । नेपालआजसँग वार्ताको नाममा प्रेस काउन्सिलमा हुलहुज्जतको शैलीमा उपस्थित भएका रिमालले भने, ‘देव सुन्दर इसाई मिसिनरीको मान्छे हो । उसलाई पुना आश्रमले भाडामा लिएको छ । उसको प्रभावमा नेपाल आज पनि पर्यो । त्यसकारण देव सुन्दरलाई हामी झुण्ड्याउँछौं ।’

 

प्रेस काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहोरा, नि.मुख्य अधिकृत दीपक खनालसमेत सहभागी उक्त छलफलका क्रममा चेतावनी र धम्की मिश्रित अभिव्यक्ति उनले दिएका थिए । घटना र विचार साप्ताहिकका अध्यक्ष हुँ भन्ने रिमाल र उनको समूहले उनीहरुलाई अरुची लाग्ने नेपाल आजमा प्रकाशित समाचारहरु हटाउनु पर्ने र माफी मागेर अबका दिनमा कहिले पनि गुणगानयुक्त समाचार मात्रै प्रकाशित गर्नुपर्ने माग राखेका थिए । उनीहरुले नेपालआजको समाचारहरुका कारण ओशो सन्यासीहरु आवेशमा आएको र आफूहरुका कारण अहिलेसम्म संयमित भएको अन्यथा हिंसा भड्कि सक्ने अवस्था उत्पन्न भएको उल्लेख गरेका थिए ।

 

र याे पनि, 

 

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)