मुख्य समाचार

समाज

देश

नवरात्रिको छैटौं दिन : माता कात्यायिनीको पूजा गरिँदै

सोमबार, २९ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

नवरात्रिको छैटौं दिन : माता कात्यायिनीको पूजा गरिँदै

काठमाडौं। नवरात्रिको आज छैटौं दिन हो ।  माता कात्यायिनीको श्रद्धाभक्तिपूर्वक आज पूजा आराधना गरिँदैछ ।  कात्यायिनीको उपासना तथा भक्तिले ठूलो सफलतादेखि अर्थ, कर्म तथा मोक्षको चारै फल प्राप्त हुन्छ। यसले रोग शोक सन्ताप तथा भय नष्ट हुन्छ। जन्मदेखिको समस्त पाप पनि नष्ट हुन्छ।

 

कात्य गोत्रमा प्रख्यात महर्षि कात्यायनले भगवती परम्बाको उपासना गरे। उनैको लागि कठोर तपस्या पनि गरे। उनको एउटै इच्छा थियो कि उनको एउटी छोरी होस्। माता भगवतीले तिनै महर्षिको पुत्रीको रुपमा जन्म लिइन्।

 

यसै कारणले यी देवीको नाम कात्यायनी भएको हो। देवी कात्यायनीको कृपाले नै वैज्ञानिक र अनुसन्धानको कार्य पूर्ण हुन्छ भन्ने धार्मिक विश्वास छ। कात्यायनीलाई अमोघ फलदायिनी पनि भनिन्छ। भगवान् श्री कृष्णलाई पति रुपमा पाउनको लागि गोपिनीहरुले यिनै देवीको पूजा गरेका थिए। 

 

यिनको दिव्य स्वरुप एकदमै भव्य रहेको छ। यिनको चार हात रहेको छ। दायाँतर्फको माथिल्लो हात अभयमुद्रामा र तल्लो हात बर मुद्रामा रहेको हुन्छ। त्यस्तै, दायाँ तर्फको माथिल्लो हातमा तरवार रहेको हुन्छ। र तल्लो हातमा कमलको फूल रहेको हुन्छ। यिनको पनि बाहन भने सिंह नै हो।