खेल

सिंगापुरद्वारा नेपाललाई ८२ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

शुक्रबार, २६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

सिंगापुरद्वारा नेपाललाई ८२ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी-२० एसिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपाल र सिंगापुर खेलिरहेका छन् । 

 

 

 

शुक्रबार दिउँसो १२ः१५ मा भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङको निम्तो पाएको सिंगापुर १७.३ ओभरमा ८१ रन बनाउँदै अलआउट भएका । 

 

 

 

उसका लागि आज सुरेन्द्रन चन्द्रमोहनले २५ रन बनाउनु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङमा नेपालका सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए । 

 

 

यस्तै, सोमपाल कामी, करण केसीले समान २ २ विकेट लिए, भने बसन्त रेग्मी र ललित राजवंशीले समान एकएक विकेट लिन सफल भए । नेपालले जवाफी ब्याटिङ केही बेरमा गर्नेछ । 

 


नेपालले प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यानमालाई जम्मा १८ बल खेलेर आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीनलाई पराजित गरेको थियो ।  

 

 

 यसअघिका सबै पाँच खेलमा सिङ्गापुर पनि विजयी बन्दै उच्च मनोबलसाथ मैदानमा उत्रदै छ । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०÷१० अङ्क जोडेका छन् । रनरेटको आधारमा नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।  

 

 

नेपालले टी–२० मा सिङ्गापुरविरुद्ध पछिल्लो पटक सन् २०१३ मा खेलेको थियो । एसिसी टी–२० अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जीत निकालेको थियो ।   

 


गत महिना मलेसियामा भएको ५० ओभरको खेलमा पनि नेपालले सिङ्गापुरलाई ४ विकेटले हराएको थियो । यस छनोटबाट नेपाल र सिङ्गापुरले दोस्रो चरणको छनोट स्थान बनाउँदा अर्को एक टोलीको तय हुन बाँकी छ । 

 

 

छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एशिया छनोटमा सात टोलीले खेल्नेछन् । तेस्रो स्थानका लागि भने मलेसिया र थाइल्याण्डबीचको प्रतिस्पर्धा पछि रहेको छ ।  

 

 

तेस्रो स्थानको थाइल्याण्डले सबै खेल खेल्दै सात अङ्क जोडेको छ । तर चौंथो स्थानको मलेसियाले आज चीनसँग खेल्दैछ । मलेसियाले चीनलाई पराजित गरेमा दोस्रो चरणमा स्थान बनाउने छ ।  

 

 

 

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएर्इ, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । 

 

 

 

छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।