मुख्य समाचार

नुवाकोट बस दुर्घटनाः २ को मृत्यु, ४४ जना घाइते (अपडेट)

शुक्रबार, २६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

नुवाकोट बस दुर्घटनाः २ को मृत्यु, ४४ जना घाइते (अपडेट)

नुवाकोट । नुवाकोटबाट काठमाडौं आउँदै गरेको  बा१ख ६३५६ नम्बरको यात्रुवहाक बस सूर्यगढी-५ फेदीबेशीमा दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । मृतक एक जना महिला एक पुरुष भएपनि सनाखत हुन सकेको छैन ।  बस दुर्घटनामा ४४ जना घाइते भएका छन् ।

 

 

घाइतेमध्ये गम्भीर रहेका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । अन्य घाइतहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।