समाचार

ब्रेकिङः दशैं मनाउन घर फर्किने यात्रुसवार बस सुनकोशीमा खस्यो

शुक्रबार, २६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

ब्रेकिङः दशैं मनाउन घर फर्किने यात्रुसवार बस सुनकोशीमा खस्यो

काठमाडौं । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी–६ स्थित सुनकोशी नदीमा एक यात्रुबाहक बस खसेको छ । 

 

दशैं मनाउन घर फर्किने यात्रु बोकेर काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बस सुनकोशीमा खसेको स्थानीय भिमबहादुर बस्नेतले जानकारी दिए । बस्नेतले नेपालआजसँग भने, ‘भर्खरै आएको खबर हो यो । बस नदीमा खसेको छ । तर यो भन्दा बढी केही पनि जानकारी छैन ।’ 

 

बस्नेतका अनुसार ११ बजेर २५ मिनेटको आसपासमा बस खसेको हो ।

 

तस्बीर घटनासँग सम्बन्धित हाेइन ।