खेल

नेपाल आइसिसी महिला टी-२० क्रिकेटको बरियतामा समावेश

शुक्रबार, २६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

नेपाल आइसिसी महिला टी-२० क्रिकेटको बरियतामा समावेश

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० क्रिकेटको बरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले शुक्रबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औं स्थानमा परेको हो ।

 

 

४६ राष्ट्रलाई समावेश गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले ११७ अंक पाएको छ । नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी-२० मान्यता रहेको छ ।

 

 

नेपालले पछिल्लो पटक गत मंसिरमा थाइल्याण्डमा भएको विश्व टी-२० एशिया छनोट खेलेको थियो ।बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियाले २८० अंक पाएको छ ।

 

 

यस्तै न्युजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र भारत पाँचौं, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र आयरल्याण्ड १० औं स्थानमा छन् ।