काठमाडौंका सबै सडक केही महीनामा कालोपत्रेः अध्यक्ष प्रचण्ड

शुक्रबार, २६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

काठमाडौंका सबै सडक केही महीनामा कालोपत्रेः अध्यक्ष प्रचण्ड

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंका सबै सडक केही महीनाभित्र कालोपत्रे हुने बताएका छन् । 

 

 

सबै सडक कालोपत्रे नहुँदा जनताले सास्ती बेहोर्नु परिरहेकाले केही महीनाभित्र यस्ता सडक कालोपत्रे गरिने अध्यक्ष प्रचण्डले बताएका हुन् । 

 

 

साथै, उनले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको बताए । 

 

 

अर्को प्रशंगमा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको बताए । 

 

 

 

उनले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप पनि लगाए । 

 

 

दसैं, तिहार तथा छठका उपलक्ष्यमा नेकपा ललितपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा उनले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएकोसमेत चर्चा गरे।  उनले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको जानकारी दिए ।