खेल

मुख्य समाचार

नेपालले जित्यो विश्वकप क्रिकेट छनोटको उपाधि

शुक्रबार, २६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

नेपालले जित्यो विश्वकप क्रिकेट छनोटको उपाधि

काठमाडौं । मलेसियामा सम्पन्न टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत पूर्व क्षेत्रको प्रतियोगिता नेपालले जितेको छ। अन्तिम खेलमा सिंगापुरसँग वर्षाका कारण अंक बाढ्नु परेपनि नेपाल नेटरनरेटमा शीर्षस्थानमा रहन सफल भयो । 

 

 

 

नेपाल र सिंगापुरको ६ खेलबाट समान ११ अंक छ। सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो। नेपालले लक्ष्य पछ्याउनेक्रममा तीन बल मात्र बलिङ भएपछि वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल सुचारु हुन सकेन ।

 

 

 

पहिला ब्याटिङ गरेको सिंगापुरले १७ ओभर तीन बलमा सबै विकेट गुमाएर ८१ रनमात्र जोड्न सक्यो। सिंगापुरलाई सस्तोमा समेट्न सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । 

 

 

सोमपाल कामी र करण केसीले दुई दुई विकेट हात पारे। ६० रनमा केवल दुई विकेट गुमाएको सिंगापुरले त्यसपछि २१ रनको अन्तरमा अलआउट भएको हो ।

 

 

प्रतियोगितामा दुवै टोलीले अघिल्ला सबै पाँच खेल जितेका थिए । अब नेपालले एसियाली छनोट खेल्ने छ। एसियाली छनोटमा ६ टोली रहनेछन्। त्यहाँबाट शीर्ष दुई टोलीले विश्वस्तरको छनोटमा स्थान बनाउनेछन् ।