विदेश

भारत र अमेरिकामा शक्तिशाली आँधी, १३ जनाको मृत्यु

बिहिबार, २५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

भारत र अमेरिकामा शक्तिशाली आँधी, १३ जनाको मृत्यु

काठमाडौं । भारतमा आएको तितली नामक आँधीले ओडिसा र आन्ध्रप्रदेशमा संकट भएको छ । 

 

बंगालको खाडीमा बनेको दबाबका कारण उत्पन्न तितली आँधीले भयावह रुप लिने भन्दै सचेतना अपनाउन आग्रह सर्वसाधारणलाई गरिएको छ । उक्त आँधी ओडिसाको असर तटीय क्षेत्र गोपालपुरमा बढी  देखिएको छ । आँधीका कारण थुप्रै रुखहरु ढलेका छन् । हावाको गति तीव्र भएकाले जनजीवन अस्तव्यस्त भएको छ । त्यहाँ भू–स्खलन पनि भएको छ । ओडिशा सरकारले १८ जिल्लामा रेड अलर्ट जारी गरेको छ । 

 

भारतको मौसम विभागले  प्रतिघन्टा १६५ किलोमिटरको गतिमा आँधी आएको जनाएको छ । 
यसैबीच अमेरिकामा पनि शक्तिशाली आँधी आएको छ । अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले कम्तिमा १३ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

 

फ्लोरिडामा एक सय वर्षपछिकै सबैभन्दा ठूलो आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार जना र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको हो । स्थानीय प्रशासनले भने अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको जानकारी दिएको छ । 

 

प्रतिघन्टा दुई सय किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका सयौं घरमा क्षति पुर्याएको छ । फ्लोरिडा हुँदै आएको आँधीले अलबामा र जर्जियालाई पनि प्रभावित पारेको छ ।

 

फ्लोरिडाका मात्रै ३ लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।–एजेन्सी