समाचार

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको अन्त्येष्टी

बिहिबार, २५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको अन्त्येष्टी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको अन्तिम संस्कार गरिएको छ। बोगटीको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।

 

 

बोगटीलाई श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जलि दिनका लागि तुलसी घिमिरे, शोभित बस्नेत, रमेश उप्रेतीलगायत कलाकार उपस्थित भएका थिए ।

 

 

संघका अध्यक्ष बोगटीको असोज २३ गते निधन भएको थियो । टिकाथलीको घर नजिकै रुख काटेको हेर्न गएका बोगटीलाई रुखसँगै ढलेको पोलले लागेको थियो । पोलले लागेर घाइते भएका बोगटीलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको थियो।