राजनीति

वामदेवले आफ्नो फेसबुकमा कस्ता कस्ता गाली खाए ? (विवरणसहित)

बुधबार, २४ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

वामदेवले आफ्नो फेसबुकमा कस्ता कस्ता गाली खाए ? (विवरणसहित)

काठमाडौं । नेकपाका नेता वामदेव गौतमलाई बितेको सोह्र घण्टामा उनको फेसबुक अकाउन्टमा लगभग १३ सय जनाले आलोचनात्मक कमेन्ट गरेका छन् । 

 

काठमाडौं क्षेत्र नंबर ७ का सांसद रामवीर मानन्धरको फोटो फेसबुकमा राख्दै गौतमले लेखेका थिए, ‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले आज पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उचो बनाएको छ । संगठनका लागि हामी दुवैजना सिपाही हो । भोलिका दिनमा संगठनले मलाई दिने भूमिकार तपाईंले गरेको त्यागप्रति आँच आउन दिने छैन । पार्टीको गरिमालाई उचो रान्ख्न र तपाईंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भूमिका र जिवम्मेवारी जे जस्तो दिएपनि जनताको काममा सधैं सँगै रहनेछौं ।’

 

उनले हालेको यो पोष्टको अहिले सामाजिक सञ्चालमा चर्को आलोचना भएको छ । उनले जनताबाट पाएका प्रतिक्रिया यस्ता छन् ।