समाचार

अपराध सुरक्षा

समाज

यौन हिंसाबाट बालबालिका बढी पीडित

बुधबार, २४ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

यौन हिंसाबाट बालबालिका बढी पीडित

धादिङ । सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेका छन् । जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत बालिका यौन हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । 

 

 

मदिरा नियन्त्रण र लागुऔषध निषेधसम्बन्धी एक महीने अभियानको क्रममा बालिकामाथि सबैभन्दा बढी यौन हिंसा भएकाले विद्यालय तहमा अभियान सञ्चालन गरिएको छ । प्रहरीको अगुवाइमा जिल्लाका १६५ विद्यालयका २१ हजार बालबालिकालाई सचेतना अभियानमा सहभागी गराइएको प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । महिलामाथि हुने किसिमको हिंसा नियन्त्रण गर्न सबै मिलेर लाग्न प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।